फिलिपिन्स सैन्य विमान दुर्घटनामा १७ को मृत्यु

फिलिपिन्स सैन्य विमान दुर्घटनामा १७ को मृत्यु photo -Pondohan TV

फिलिपिन्स। फिलिपिन्समा एउटा सैन्य विमान दुर्घटना हुँदा १७ सैनिकको निधन भएको छ। सैन्य विमान कागायन डि ओरो सिटीबाट उडेको थियो।

आर्मी प्रमुख सिरिलिटो सोबेजानाले अन्तर्राष्ट्रिय मिडियालाई दिएको जानकारी अनुसार सी–१३० नामक प्लेन आइतबार दुर्घटनाग्रस्त भएको हो। उडानकै क्रममा प्लेनमा आगो लागेको थियो। बिमानमा ८५ सैनिक सवार थिए। ४० सैनिकको सकुशल उद्धार गरिएको र उनीहरूको अस्पतालमा उपचार भइरहेको बताइएको छ। अन्यको खोज कार्य चलिरहेको छ।

दुर्घटना हुँदा बिमान सुलु राज्यको जोलो आइसल्याण्डमा आपतकालीन उद्धार गर्ने प्रयास गरिएको थियो। दुर्घटनामा परेका सेनाले भर्खरै आर्मीको ट्रेनिङ पुरा गरेका थिए। उनीहरूलाई आतंकवादी गतिविधिविरूद्ध लड्नका लागि विशेष रुपमा तयार पारिएको थियो।

दक्षिण फिलिपिन्समा आतंकवादी गतिविधि चलिरहेको बेला उनीहरूलाई सैन्य तालिम दिइएको थियो। फिलिपिन्समा अबु सैय्यक नामक आतंकवादी संगठन सक्रिय छ।



No ads found for this position