फिलिपिन्समा ८५ सैनिक सवार विमान दुर्घटनाग्रस्त

फिलिपिन्समा ८५ सैनिक सवार विमान दुर्घटनाग्रस्त

बीबीसी । फिलिपिन्समा ८५ जना सवार एउटा सैनिक मालवाहक विमान आइतवार दुर्घटनाग्रस्त भएको छ।

सुरक्षा बलका प्रमुखले जलिरहेको विमानको भग्नावशेषबाट कम्तीमा ४० जनालाई जीवितै उद्धार गरिएको बताएका छन्।

देशको दक्षिण पश्चिममा रहेको जोलो टापुमा अवतरण गर्ने प्रयास गरिरहेको उक्त विमानले धावनमार्ग पहिल्याउन नसकेको विवरण आएका छन्।

अहिलेसम्म दुर्घटनास्थलबाट १७ शव झिकिएको बताइएको छ।

उक्त विमानमा सवार अधिकांश आधारभूत सैनिक तालिम पूरा गर्ने व्यक्तिहरू भएको बताइन्छ।



No ads found for this position