एनआरएनए नेदरल्याण्डकाे उपाध्यक्षमा केसीको चर्चा

एनआरएनए नेदरल्याण्डकाे उपाध्यक्षमा केसीको चर्चा

द हेग । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) नेदरल्याण्डको महाधिवेशन नजिकिंदै गर्दा उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका संघर्षशिल केसीकोे चर्चा चुलिएको छ।

एनआरएन अभियानमा एक सशक्त अभियान्ताको छवी बनाएका केसी संघको वर्तमान कार्यसमितिमा महासचिवको जिम्मेवारी निर्वाह गरिरहेका छन्।

गैरआवासीय नेपालीको साझा संस्थालाई अझ व्यापक बनाइ थप उचाइँमा पुर्याउन आफूले उपाध्यक्षमा उम्मेदवारी दिएको केसीको भनाइ छ । विगत लामो समयदेखि एनआरएनएलगायत विभिन्न सामाजिक संस्थामा निरन्तर क्रियाशिल रहेकोले त्यही अनुभवका आधारमा उपाध्यक्ष पदमा रहि काम गर्न आफूले उम्मेदवारी दिएको केसी बताउँछन् ।

‘सामाजिक अभियानमा सहभागी हुँदै गर्दा समाजको अपेक्षा र चाहनालाई नजिकबाट अनुभूत हुने अवसर प्राप्त गरेको छु,’ केसी भन्छन्,‘महासचिवको भूमिकामा रहँदा संघ तथा मातृभूमिको लागि सकारात्मक र रचनात्मक काम भएका छन।’

केसीले उम्मेदवारी घोषणासँगै आफ्ना केही एजेन्डा अगाडि सारेका छन् । उनले गैरआवासीय नेपालीलाई एनआरएनएमा एकत्रित गर्दै एनसीसी नेदरल्याण्डलाई साँच्चिकै बलियो संस्थाको रुपमा स्थापित गर्न सक्रिय रहने बताएका छन् ।

नेदरल्याण्डबाट नेपालमा भइरहेका परोपकारी कार्यलाई थप प्रोत्साहन गर्ने र संस्थागत परोपकारी कामलाई प्राथमिकतामा राख्ने उनले योजना सुनाए ।

संघको संस्थागत सुधार र सुदृढीकरणको लागि नेतृत्व विकाशलाई प्रभाकारी बनाउन आवश्यकता रहेको बताउँदै नेदरल्याण्डमा रहेका नेपाली संघसस्थाहरुसँग हातेमालो गर्दै अगाडि बढ्ने उनको प्रतिवद्धता छ । ‘चुनावी एजेण्डाका बुँदाहरू थुपारेरमात्र भन्दा पनि संस्थालाई सवल र सबैको साझा बनाउन बढी केन्द्रित हुनेछु,।’ केसीले प्रवास खबरसँग भने।

एनआरएनए नेदरल्याण्डका लागि तय गरिएको चुनावी क्यालेण्डर अनुसार राष्ट्रिय महाधिवेशन आउँदो ११ जुलाइमा हुँदैछ ।

निर्वाचनमा उपाध्यक्ष पदका लागि चर्चमा अरू पनि छन् तर प्रबल आकाङ्क्षीमा उभिएका छन् केसी। किनभने लामो समयको अनुभव र सामाजिक कार्यप्रतीको लगनशीलताले गर्दा उनको उम्मेवदारीलाई बलियो रुपमा हेरिएको छ।