कुवेतमा यो वर्षकै अत्याधिक गर्मी

कुवेत सिटी । कुवेतमा पछिल्लो दुई दिनमा यो वर्षकै अत्याधिक गर्मी बढेको छ।
कुवेतको मौसम विभागले जनाए अनुसार पछिल्ला दुई दिनमा केही क्षेत्रको तापक्रम अत्यधिक बढेर ५३.५ डिग्री सेल्सियस पुगेको छ।
तापक्रम आइतबारमात्रै ओरालो लाग्ने अनुमान गरिएको छ । त्यतिबेला तापक्रम ४८ देखि ४९ डिग्री सेल्सियसको बीचमा रहने अनुमान छ।
मौसम विभागले प्रत्यक्ष सूर्यको किरणमा तापक्रम गणना गर्न नसकेकोले छाँयामा तापक्रम रेकर्ड गरिएको जनाएको छ।
त्यस्तै मौसम विभागले दिउँसोको समयमा सवारी साधन तथा अन्य उपकरणहरुमा तापक्रम ६५ देखि ७० डिग्री सेल्सियस सम्म पुग्ने बताएको छ।
ताजा अपडेट

प्रवास खबर
गुल्मीमा भारतीय नागरिकको हत्या

प्रवास खबर
जापानमा श्वासप्रश्वासका बिरामी ह्वात्तै बढे

प्रवास खबर