क्यानडा पठाइदिन्छु भन्दै एक करोड ५० लाख ठगी

क्यानडा पठाइदिन्छु भन्दै एक करोड ५० लाख ठगी

काठमाडौं । रोजगारीको लागि क्यानडा पठाइदिने भन्दै एक व्यक्तिले एक करोड ५० लाख रुपैयाँ ठगी गरेको खुलेको छ ।

वर्किङ भिसामा क्यानडा जान पाइने आशामा १७ लाख डुबाएकी सर्लाही लालबन्दीकी ३० वर्षीया यमुना बस्नेतले प्रहरीमा उजुरी गरेपछि ठगी प्रकरण सार्वजानिक भएको हो।

काभ्रे पाँचखाल तामघाट घर भइ हाल काठमाडौंको नयाँ बानेश्वरमा बस्दै आएका २१ वर्षीय प्रजिन अधिकारीले बस्नेतबाट क्यानाडाको राम्रो कम्पनीमा काम लगाइदिने भन्दै १७ रुपैयाँ लिएका थिए। रकम लिएर विभिन्न बाहना बनाइ रहेका अधिकारी पछि सम्पर्कविहिन भएका थिए।

सम्पर्कविहिन भएपछि बस्नेतले १३ बैशाखमा महानगरीय अपराध महाशाखामा जाहेरी दरखास्त दिएकी थिइन् । खोजतलास गर्ने क्रममा अधिकारीलाई महाशाखाको विशेष टोलीले १७ असारमा काभ्रे बनेपाको दाहाल गाउँबाट पक्राउ गरेको छ।

प्रहरी अनुसन्धानमा अधिकारीले विभिन्न व्यक्तिलाई क्यानडालगायतका मुलुकमा वर्किङ भिसामा पठाइदिने प्रलोभन देखाएर एक करोड ५० लाखभन्दा बढी रकम ठगी गरेको अनुसन्धानमा देखिएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अधिकारीलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसरमा पठाइएको छ । महाशाखाले अधिकारीबाट ठगीएका अन्य पीडित भएमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

 



No ads found for this position