यूएईमा वर्षकै सबैभन्दा लामो बिदा हुने सम्भावना

यूएईमा वर्षकै सबैभन्दा लामो बिदा हुने सम्भावना

दुबई । यूएईमा ईद अल–अधाको अवसरमा यो महिना ६ दिन बिदा हुने सम्भावना छ।

ईद अल–अधा इस्लामिक पात्रोको अन्तिम दिन अर्थात जुल हिजाहको दशौँ दिनमा पर्दछ।

दुबई सरकारको इस्लामिक मामिला र परोपकारको विभागका अनुसार यसवर्ष अर्थात जुलाई १९, सोमबार मनाइनेछ। त्यसकारण यूएईमा २० जुलाइ मंगलबार नै ईद अल–अधाको पहिलोदिन पर्न सक्ने बताइएको छ।

यी सम्भावनाको आधारमा यूएईमा १९ जुलाइ सोमबारदेखि २२ जुलाइ विहीवारसम्म ईद बिदा पाउनेछन्। त्यस लगत्तैका दुई दिन सप्ताहन्त (नियमित विदा) पर्न गएकोले जुलाई २४ सम्म विदा हुनेछ। यसरी ईदको अवसरमा जम्मा ६ दिन विदा हुने भएको हो।
२०२१ को लागि यूएईमा यही नै सबैभन्दा लामो बिदा हुने बताइएको छ।

कसरी निर्क्यौल गरिन्छ त ईद अल–अधाको ?

ईद अल–अधा हरेक वर्ष एउटै मितिमा पर्दैन। यो त आकाशमा देखिने क्रिष्सेन्ट (चन्द्रमा) को आधारमा निर्क्यौल गरिन्छ । खगोल शास्त्रीहरुले अध्ययन गरेर ईद अल–अधाको समय निर्धारण गर्दछन्।

अन्तर्राष्ट्रिय खगोल विज्ञान केन्द्रका निर्देशक इन्जिनियर मुहम्मद श्हौकाद ओदेहले यस हप्ताको सुरुमै यूएई र विश्वभरका इस्लामिक राष्ट्रहरुमा ईद अल–अधा जुलाइ २०, मंगलबारदेखि सुरु हुने सम्भावना रहेको बताएका छन्।

यद्यपि कतिपय पूर्वी देशहरुमा एक दिनपछि मात्र क्रिष्सेन्ट (चन्द्रमा) देखिने भएकोले त्यहाँ २१ जुलाइ, बुधवार इद अल–अधा मनाउन सकिने बताइएको छ।