कुवेतले खोल्यो नेपालबाहेक १२ देशका लागि हवाई उडान
कुवेत सिटी। कुवेतले १२ देशमा सिधै हवाई उडान खोलेको छ तर,यसमा नेपाल समावेश भएको छैन।
कुवेत सरकारले १ जुलाईदेखि लागु हुने गरि १२ देशमा सिधा हवाई उडान खोलेको जानकारी दिएको हो। यी उडानहरू क्याबिनेट बैठकबाट पारित गरिएका हुन्।
कुवेतबाट सिधा उडान हुने देशमा बोसनिया हर्जगोभिना, बेलायत, स्पेन, अमेरिका, हल्याण्ड, इटाली, अस्ट्रिया, फ्रान्स, कीर्गिस्तान, जर्मनी, ग्रीस र स्विट्जरल्याण्ड रहेका छन्।
यस्तै, सरकारले कोरोनाविरूद्धको खोप फाइजर–बायोन्टेक, अक्सफोर्ड–अस्ट्राजेनेका, मोडर्ना र जोन्सन एण्ड जोन्सनलाई मान्यता दिएको छ। सरकारले १ अगस्टदेखि खोपको पूर्ण मात्रा लगाएका व्यक्तिलाई समुन्द्री तट तथा रोडबाट प्रवेश गर्न अनुमति दिने घोषणा गरेको छ।
ताजा अपडेट
प्रवास खबर
फेसबुकले हटाएको बालेनको पोष्ट फिर्ता
प्रवास खबर
औपचारिक रुपमै हट्यो टिकटकमाथिको प्रतिबन्ध
प्रवास खबर
कस्तो छ आजको मौसम पूर्वानुमान ?
प्रवास खबर