कतारमा बढ्यो इन्धनको मुल्य

कतारमा बढ्यो इन्धनको मुल्य

दोहा ।कतार पेट्रोलियमले जुलाइ महिनाको लागि इन्धन (तेल) को मूल्य सार्वजनिक गरेको छ।

कतार पेट्रोलियमले एक ट्वीट गर्दै प्रिमियम, सुपर ग्रेड पेट्रोल र डिजेलको जुलाइ महिनाको लागि मूल्य बढेको बताएको हो।

परिवर्तित मूल्यअनुसार जुलाइमा प्रिमियम पेट्रोलको मूल्य प्रतिलिटरको १.९५ कतारी रियाल पर्नेछ,भने सुपरग्रेड पेट्रोलको प्रतिलिटरको मुल्य २ कतारी रियाल पर्नेछ।

त्यस्तै, डिजेलको मूल्य जुलाइमा १.९० कतारी रियाल प्रतिलिटर पुर्याइएको छ।

२०१६ को अप्रिलमा यहाँको उर्जा तथा उद्योग मन्त्रालयले अन्तर्राष्ट्रिय बजारमा आफ्नो इन्धनको मूल्य निर्धारण गरेको थियो।

त्यस्तै, २०१७ को सेप्टेम्बरदेखि कतार पेट्रोलियमले प्रत्येक महिना पेट्रोलियमको मूल्य सार्वजनिक गर्दै आएको छ।