युरोपेली युनियनको सुरक्षित गन्तब्यमा कतार र साउदी

युरोपेली युनियनको सुरक्षित गन्तब्यमा कतार र साउदी

ब्रसेल्स। युरोपेली युनियन (ईयु) सरकारले कतार, साउदीलगायत १० अन्य राष्ट्रलाई यात्राका लागि सुरक्षित गन्तब्यमा संकलित गरेको छ।

ईयुको विभिन्न २७ राष्ट्रमा रहेका राजदूतले बुधबार बसेको बैठकपछि यी देशलाई सुरक्षित राष्ट्रको रुपमा मान्यता प्रदान गरिएको बताए।

ईयुको पूर्व सदस्य बेलायत, जहाँ डेल्टा भेरियन्टको उच्च जोखिम देखिएको छ, उसलाई यो सूचीमा समावेश गरेको छैन।

११ देश जसलाई यात्राको लागि सुरक्षित मानिएको छ, त्यसमा मध्यपूर्वी देशमा कतार र साउदी अरेबिया समावेश छन्। अन्य देशमा अजरबैजान, बोस्निया र हर्जगोभिना, ब्रुनई, क्यानडा, जोर्डन, कोसोभो, माल्दोभा, मोन्टेनेग्रो समावेश छ।

ईयुले विस्तारै यात्रा प्रतिबन्ध हटाउन सिफारिस गरेको अन्य १४ देशमा अल्बेनिया, अस्ट्रेलिया, इजरायल, जापान, लेबनन, न्युजिल्याण्ड, उत्तरी मेसिडोनिया, रावन्डा, सर्बिया, सिङ्गापुर, दक्षिण कोरिया, ताइबान, थाइल्याण्ड र अमेरिका छन्।

चिनियाँ प्रशासनीयक अधिकार भएको हङकङ र मकाउ पनि यो सूचीमा समावेश छ। ईयुका केही देशले आफ्नो देशमा प्रवेश गर्दा अझ पनि कोभिड–१९ को नेगेटिभ रिपोर्ट तथा क्वारेन्टाइनको अवधि पुरा गर्नुपर्ने नियम बाधेको छ।