नेपाली भाषी फुटबलर सुनील क्षेत्रीको नाम खेल रत्नका लागि सिफारिस

नेपाली भाषी फुटबलर सुनील क्षेत्रीको नाम खेल रत्नका लागि सिफारिस

दिल्ली। नेपाली भाषी भारतीय स्टार फुटबलर सुनील क्षेत्री भारतको सम्मानित अवार्ड राजीव गान्धी खेल रत्नका लागि सिफारिस भएका छन्। अल इन्डिया फुटबल फेडरेशन (एआइएफएफ) ले भारतीय राष्ट्रिय टोलीको कप्तान समेत रहेका क्षेत्रीको सिफारिस गरेको हो।

क्षेत्रीले हालै मात्र अन्तर्राष्ट्रिय गोल गर्ने मामिलामा अर्जेन्टिनाका चर्चित स्ट्राइकर लिओनल मेसीलाई पछाडि छोडेका थिए। क्षेत्रीले फिफा विश्व कप २०२२ र एसिया कप २०२३ को लागि भएको छनोट खेलमा बंगलादेशविरूद्ध २ गोल गर्दै १ सय १७ अन्तर्राष्ट्रिय खेलमा ७४ गोलको कोशेढुंगा पुरा गरेका थिए।



No ads found for this position