इटाली युरोपको पहिलो ‘मास्क फ्री’ देश

इटाली युरोपको पहिलो ‘मास्क फ्री’ देश

जेन्सी।  इटाली मास्क लगाउन आवश्यक नभएको पहिलो युरोपेली देश बनेको छ। सरकारले अब देशमा मास्कको आवश्यकता नभएको जनाएसँगै यो संयोग जुरेको हो। इटालीले सोमबारदेखि घरबाट बाहिर निस्किँदा मास्क लगाउन नपर्ने नियम बनाएको छ। यो निर्णयसँगै इटाली ‘मास्क फ्री’ हुने युरोपको पहिलो देश बनेको छ।

सन् २०२० को फेब्रुअरीमा युरोपमा कोरोनाको भाइरस फैलिनुअघि नै इटाली सबैभन्दा बढी प्रभावित बनेको थियो। इटाली सरकारले २० राज्यलाई कोरोनाको जोखिम एकदमै कम भएको सूचीमा राखेको छ। इटालीमा कोरोना संक्रमणका कारण हालसम्म एक लाख २७ हजार ५ सय ४२ जनाले ज्यान गुमाएका छन्। कोरोनाबाट त्यहाँ ४२ लाख ५९ हजार १ सय ३३ जनामा संक्रमित भएको वल्डोमिटरले जनाएको छ।