गर्मीको रापले तातियो कुवेत, दुई शहरमा विश्वकै सर्वाधिक तापक्रम

गर्मीको रापले तातियो कुवेत, दुई शहरमा विश्वकै सर्वाधिक तापक्रम कुवेत सिटी

कुवेत सिटी। कुवेतको दुईवटा शहरमा कीर्तिमानी गर्मी भएको छ। पछिल्लो २४ घण्टायता पृथ्वीको सबैभन्दा गर्मी कुवेतमा मापन गरिएको हो।

कुवेतको मौसम विभागका अनुसार अल जाहरामा आइतबार ५३ डिग्री तथा अल–नुवेसीबमा ५२ डिग्री गर्मी मापन गरिएको छ।

युनाइटेड अरब इमिरेट्स (यूएई) मा पनि हालै गर्मी ५० डिग्री मापन गरिएको थियो।



No ads found for this position