टर्कीले लगायाे नेपालीमाथि प्रतिबन्ध

टर्कीले लगायाे नेपालीमाथि प्रतिबन्ध

इस्तानबुल । टर्कीले नेपालीलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

कोरोना भाइरसको नयाँ ‘भेरियण्ट’ को कारण देखाउँदै उसले नेपालसहित अन्य ६ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाएको हो ।

टर्कीको गृह मन्त्रालय सोमबार सूचना जारी गर्दै नेपालसहित भारत, बंगलादेश, ब्राजिल, दक्षिण अफ्रिका र श्रीलंकबाट हुने उडान बन्द गरिएको जानकारी दिएको छ ।