साउदीमा नेपाली श्रमिकलाई राहत, क्वारेन्टाइन खर्च रोजगारदाता कम्पनीले व्योहोर्ने

साउदीमा नेपाली श्रमिकलाई राहत, क्वारेन्टाइन खर्च रोजगारदाता कम्पनीले व्योहोर्ने

रियाद ।  साउदी आउने  नेपाली श्रमिकको होटल क्वारेन्टाइन खर्च रोजगारदाता कम्पनीले नै व्योहोर्ने भएको छ ।

घर विदामा गएर फर्किने तथा नयाँ आउने सबै कामदारलाई संस्थागत क्वारेन्टाइनमा बस्दा लागेको खर्च रोजगारता कम्पनीले तिरिदिने व्यवस्था गरिएको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

साउदीमा कोरोना भाइरसविरुद्धको खोप नलगाइ आउने श्रमिक सरकारले तोकेको ठाउँमा क्वारेन्टाइन बस्नु पर्ने नियम छ ।

दूतावासको अनुरोधमा नेपाली श्रमिकको होटल क्वारेन्टाइन खर्च तिरिदिने व्यवस्था भएको बताइएको छ ।

बिदामा नेपाल गइ साउदी फर्किन लागेका श्रमिकलाई फर्किनु पूर्व क्वारेन्टाइनको लागि आफ्नो कम्पनीसँग कुरा गर्न दूतावासले अनुरोध गरेको छ ।

रोजगारीको लागि साउदी आउने नयाँ श्रमिकको पनि क्वारेन्टाइन वापतको खर्च रोजगारदाता कम्पनीले नै तिर्नुपर्ने छ।

यसअघि कोरोनाको खोप नलगाइ साउदी आएका नेपालीले होटल क्वारेन्टाइनको लागि ३५ सय साउदी रियाल तिनु पर्दथ्यो ।

 

 

 



No ads found for this position