जन्तीका लागि खसीको मासु नपकाएको भन्दै विवाह रद्ध

जन्तीका लागि खसीको मासु नपकाएको भन्दै विवाह रद्ध

ओडिसा। भारतमा एउटा बिहेमा दुलही पक्षले जन्तीका लागि खसीको मासु नबनाउँदा बिहे नै रद्ध भएको छ। यो घटना भारतको ओडिसा राज्यको बन्धहागाउँको हो। २७ वर्षका रमाकान्त पात्राले बिहेको भोजमा खसीको मासु नपकाएको रिसमा विवाह जस्तो पवित्र सम्बन्ध जोडिनुअघि नै तोडेका हुन्।

बिहेको जश्न चलिरहेको बेला जन्तीमा आएकाहरू खाना खाने ठाउँमा गएका थिए। जहाँ उनीहरूले खानाको टेबलमा खसीको मासु नभेटेपछि विवाद बढेको थियो।

केटी पक्षका मानिसहरूले विवाद मत्थर पार्ने थुप्रै प्रयास गरेका थिए। तर, त्यो सफल भएन। पात्राले वैवाहिक कार्यक्रम चलिरहेको बेला सबैलाई फर्किन उर्दी जारी गर्दै आफू पनि बाहिर निस्किएका थिए।

भारतमा सामान्य कुरामा विवाह रोकिनु अनौठो होइन। यसअघि उत्तर प्रदेशको अररिया जिल्लामा दुलहीले चश्मा नलगाइ पत्रिका पढ्न नसक्ने भन्दै विवाह झण्डै तोडिएको थियो।

पात्रले अर्को दिन अर्की महिलासँग विवाह गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।



No ads found for this position