दुबई एयरपोर्टमा ६ किलो गाँजासहित पक्राउ परेकी महिलाविरूद्ध मुद्धा दर्ता

दुबई एयरपोर्टमा ६ किलो गाँजासहित पक्राउ परेकी महिलाविरूद्ध मुद्धा दर्ता

दुबई।युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबईमा ६ किलो गाँजा किनबेचको मामिलामा पक्राउ परेकी ४२ वर्षीय एक एसियाली महिलाविरूद्ध त्यहाँको प्रहरीले दुबई क्रिमिनल कोर्टमा मुद्धा दर्ता गरेको छ।

प्रहरीले ती महिला गत अप्रिलमा दुबईको अन्तर्राष्ट्रिय एयरपोर्टको टर्मिनल–३ मा पक्राउ परेको बताएको छ।

उनको सुटकेशको अनुसन्धान गर्दा शंकास्पद वस्तु फेला परेपछि महिला पुलिस अधिकारीले सोधपुछ गरेकी थिइन।

पक्राउ परेकी महिलाले आफूले कुनै गैरकानूनी कुरा नल्याएको भन्दै पुलिस अधिकारीलाई आवश्वस्त पार्न खोजेकी थिइन। तर, सुटकेशभित्र रहेको एउटा ब्यागमा लुकाएर ल्याउन खोजिएको गाँजा जस्तो लाग्ने वस्तुप्रति शंका लागेपछि अनुसन्धानका लागि पठाइएको थियो।

फरेन्सिक रिपोर्टमा ब्यागमा लुकाएर ल्याइएको वस्तु गाँजा भएको प्रमाणित भएपछि उनलाई पक्राउ गरिएको थियो।



No ads found for this position