मलेसियामा आजबाट खुला गर्ने भनिएको ‘लकडाउन’ फेरि लम्बियो

मलेसियामा आजबाट खुला गर्ने भनिएको ‘लकडाउन’ फेरि लम्बियो

क्वालालम्पुर।मलेसियामा शनिबार कोरोना संक्रमितको संख्या ५ हजार नाघेपछि सरकारले आइतबारबाट खुला गर्ने भनिएको ‘लकडाउन’ को समयसीमा लम्ब्याएको छ।

कार्यवहाक प्रधानमन्त्री मुहिद्धिन यासिनले आइतबार बर्नामा न्युज एजेन्सीलाई दिएको जानकारी अनुसार देशमा संक्रमितको संख्या ४ हजारभन्दा तल नझरेपछि यस्तो निर्णय गर्नु परेको हो।

मलेसियामा शनिबार संक्रमितको संख्या ५ हजार ८ सय ३ पुगेको थियो।