भारतको जम्मुस्थित सेनाको एयरफोर्स स्टेशनमा ड्रोनबाट आक्रमण

जम्मु। भारतको जम्मुस्थित सेनाको एयरफोर्स स्टेशनमा ड्रोनद्धारा आक्रमण भएको छ। जम्मु एयरफोर्स स्टेशनको प्राविधिक क्षेत्रमा शनिबार राती ५ मिनेटको अन्तरालमा २ वटा बम बिस्फोट भएको हो।
पहिलो बिस्फोट बिल्डिङको छतमा र दोस्रो तल भएको थियो। बिस्फोटका लागि दुई वटा ड्रोन प्रयोग भएको भारतीय सञ्चार माध्यमले बताएका छन्। बिस्फोटको कारण स्पष्ट भएको छैन तर बिस्फोटको उद्देश्य एयरफोर्समा भएको विमानलाई निशाना बनाउन खोजिएको आशंका गरिएको छ।
जम्मु–कश्मीरका डिजिपी दिलबाग सिंहले घटनालाई आतंकसँग जोडेका छन्। भारतले आतंकवादीको सूचीमा राखेको लश्कर–ए–तैयबाले बिस्फोट गराएको आशंका गरिएको छ।
बिस्फोटको आवाज धेरै टाढासम्म सुनिएको थियो। पहिलो बिस्फोट राती १ बजेर ३७ मिनेटमा र दोस्रो बिस्फोट १ बजेर ४२ मिनेटमा भएको थियो।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर