यूएईमा स्वास्थ्यकर्मीलाई रोजगारीको आकर्षक अवसर

यूएईमा स्वास्थ्यकर्मीलाई रोजगारीको आकर्षक अवसर

दुबई। के तपाई युनाइटेड अरब इमिरेट्स (यूएई) मा बसेर स्वास्थ्य क्षेत्रमा काम गर्न चाहनुहुन्छ? यदी हुनुहुन्छ भने, तपाईका लागि युएईमा स्वास्थ्य क्षेत्रमा खुलेको जागिर लाभदायक बन्न सक्छ।

अमेरिकी कम्पनी भाया मेडिका अन्तर्राष्ट्रिय हेल्थकेयरले यूएईमा नर्सिङ गरेका युवायुवतीका लागि आकर्षक जागिर खुल्ला गरेको छ। यसका लागि मासिक १५ हजार दिरामको आकर्षक तलबको पनि व्यवस्था गरिएको छ।

हेल्थकेयरले आइसीयू, इरा र एनेस्थेसियाका ‘जेनरल प्राक्टिसनर’, स्पेशलिस्ट र विशेषज्ञता हासिल गरेका स्वास्थ्यकर्मीको माग गरेको हो। नर्सहरू यूएईमा बसेर काम गरेको हुनुपर्ने र आइसीयू,पीआइसीयू, सीसीयू, एचडीयू, इआर, एमइडी सर्जिकल वार्डमा बसेर काम गरेको अनुभव हुनुपर्ने रहेको छ।

कम्पनीले छनोटमा परेकालाई १० हजार दिरामदेखि १५ हजारसम्म उपलब्ध गराउने बताएको छ। यसमा बसोबासको अतिरिक्त सुविधाका साथै कामको बेला खाना तथा यातायातको पनि सुविधा उपलब्ध हुने कम्पनीले बताएको छ। कम्पनीको आवासबाहेक छुट्टै बस्न चाहनेको हकमा १ हजार दिराम दिइने बताइएको छ। कामदारलाई स्वास्थ्य बिमाको पनि व्यवस्था गरिएको छ।

भाया मेडिका कम्पनी २०११ मा अमेरिकाको वासिङ्टन डिसीमा स्थापना भएको थियो। यो कम्पनीले २०१३ मा यूएईमा आफ्नो शाखा विस्तार गरेको हो।

कम्पनीमा जागिर खान चाहनेले आफ्नो बायोडाटा कम्पनीको इमेल [email protected] मा पठाउन सक्नुहुनेछ।