विदेशी लगानीकर्तालाई दश वर्षे भिसा दिने ओमनको घोषणा, नेपालीलाई पनि अवसर

विदेशी लगानीकर्तालाई दश वर्षे भिसा दिने ओमनको घोषणा, नेपालीलाई पनि अवसर

मस्कट । ओमनले विदेशी लगानी आफ्नो देशमा भित्र्राउन सजिलो व्यवस्था गरेको छ । उसले वैदेशिक लगानी आकर्षित गर्न विदेशी लगानीकर्तालाई विभिन्न सुविधा समेत दिइने घोषणा गरेको छ।

अब ओमनमा लगानी गर्न चाहने विदेशी लगानीकर्ताले पाँचवर्षे नवीकरणीय भिसा तथा दश वर्षे आवासीय पाउने भएका छन् ।

ओमनको वाणिज्य, उद्योग तथा लगानी प्रर्वधन मन्त्री कैस मोहम्मद अल–युसेपको अध्यक्षतामा हालै मन्त्रालयमा भएको बैठकमा लगानी आकर्षित गर्न , रोजगारी सिर्जना एवं वृद्धी गर्ने उद्देश्यले सो निर्णय अनुमोदन गरिएको बताइएको छ।

२०२१ मा सुरु हुने नयाँ ‘इन्भेष्टमेन्ट रेसिडेन्सी प्रोग्राम’ (आइआरपी) उद्योग, पर्यटन, खानी, कृषि, मत्स्यपालन, शिक्षा, स्वास्थ्य र सूचना प्रविधिलगायतका क्षेत्रलाई लक्षित गरी अगाडि सारिएको हो।
यस कार्यक्रमले ‘ओमन भिजन–२०४०’ लाई सफल बनाउन मार्गप्रशस्त गर्ने टिप्पणी गरिएको छ।

त्यस्तै यो कार्यक्रमले ओमनलाई विश्व बजारमा प्रतिस्पर्धी बन्न, व्यापार बढाउन, उद्योगलाई सुदृढ पार्न र लगानीकर्तालाई सशक्तीकरण गर्न मद्दत पुग्ने समेत अपेक्षा गरिएको छ ।

त्यसैगरी सो कार्यक्रमले दीर्घकालीन विकासको भावनाअनुरूप उत्पादन, वितरण तथा वस्तु एवं सेवाको खपतसँग सम्बन्धित ‘ग्रिन एन्ड सर्कुलर इकोनोमी’लाई प्रवर्द्धन गर्ने विश्वास गरिएको छ।

सो निर्णयसँगै ओमनमा यी क्षेत्रमा लगानी गर्ने नेपालीले पनि उल्लेखीत भिसा प्राप्त गर्न सक्नेछन् ।

एजेन्सी