यूएईले लम्बायो नेपाली नागरिकमाथिको प्रवेश प्रतिबन्ध

यूएईले लम्बायो नेपाली नागरिकमाथिको प्रवेश प्रतिबन्ध दुबई अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्ष

दुबई । यूएईले नेपाली नागरिकलाई आफ्नो देश प्रवेशमा लगाएको प्रतिबन्ध लम्बाएको छ ।

यूएईको नागरिक उड्डयन प्राधिकरणले नेपाली नागरिकमाथिको प्रतिबन्ध लम्ब्याउँदै २१ जुलाइसम्म पुर्याएको छ ।

यूएईकोे नजरमा नेपाल अझै कोरोना संक्रमणको ‘उच्च जोखिम’ देशको सूचीमा यथावत छ।

यसअघि उसले ७ जुलाइसम्म नेपाली यात्रुलाई आफ्नो देश प्रवेशमा रोक लगाएको थियो । तर,हालै नयाँ सूचना जारी गर्दै प्रतिबन्ध बढाइएको घोषणा गरेको हो ।

प्राधिकरणद्वारा जारी सूचनामा नेपालसहित अन्य १३ देशका नागरिकलाई २१ जुलाइसम्म प्रतिबन्ध यथावत राखिएको जनाइएको छ।

जसमा भारत लाइबेरिया, नामिबिया, सिएरा लिओन, गणतान्त्रिक कंगो, युगान्डा, जाम्बिया, भियतनाम, पाकिस्तान, बङ्गलादेश, श्रीलंका, नाइजेरिया र दक्षिण अफ्रिका रहेका छन्।

उक्त सूचनाअनुसार कार्गो विमान, व्यवसायिक तथा चार्टर विमान भने चल्न पाउनेछन्।