डा. पन्तको संयोजक्तवमा अमेरिकाबाट निर्वाचन प्रतिनिधि चयन गर्ने समिति गठन

डा. पन्तको संयोजक्तवमा अमेरिकाबाट निर्वाचन प्रतिनिधि चयन गर्ने समिति गठन

वासिङटन। गैरआवासीय नेपाल संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को विश्व सम्मेलनमा अमेरिकाबाट प्रतिनिधि चयन गर्न डा. राजन पन्तको संयोजकत्वमा ३ सदस्यीय समिति गठन भएको छ।

समितिले अन्तर्राष्ट्रिय सम्मेलनमा अमेरिकाबाट प्रतिनिधित्व गर्ने कूल प्रतिनिधि संख्यामध्ये २५ प्रतिशत प्रतिनिधिको विषय टुंगो लगाउने छ।

पन्त सदस्यता छानविन समितिका संयोजक पनि हुन्। समितिको सदस्यमा आइसीसी सदस्य शंकर खड्का र विकास उप्रेती चयन भएका छन्।

एनआरएनएको संसोधित विधान अनुसार २५ प्रतिशत प्रतिनिधि राष्ट्रिय समन्वय परिषद् (एनसीसी) बाट निर्वाचित भएका महाधिवेशन प्रतिनिधिका रुपमा छनोट हुनेछन्।

संघको अभियानमा शुरुदेखि सक्रिय रहेका मध्येबाट ६५ प्रतिशत महाधिवेशन प्रतिनिधि छानिने बताइएको छ। १० प्रतिशत महाधिवेशन प्रतिनिधि एनसीसी अध्यक्षले मनोनित गर्ने प्रावधान अहिलेको विधानमा राखिएको छ।