कुवेतमा स्वीकृति बिना समाजसेवाको नाममा बैंकमा पैसा जम्मा गर्न नपाइने

कुवेतमा स्वीकृति बिना समाजसेवाको नाममा बैंकमा पैसा जम्मा गर्न नपाइने

कुवेत सिटी। सरकारी अनुमति बिना समाजसेवाको नाममा बैकमा रकम जम्मा गर्न कुवेत सरकारले प्रतिबन्ध लगाएको छ।

विभिन्न समाजसेवाको नाममा स्थानीय बैकको खातामा रकम जम्मा भएको तथ्य उजागर भएपछि कुवेतको समाजिक मामिलासम्बन्धि मन्त्रालयले यसमा रोक लगाएको हो।

कुवेतको स्थानीय अल–कबास डेलीले सार्वजनिक गरेको रिपोर्टमा मन्त्रालयले हालै केही समाजिक संस्थाको नाममा कुवेतको स्थानीय बैकमा रकम जम्मा गरेको पाएको थियो। पत्रिकाले मन्त्रालय श्रोतलाई उध्रित गर्दै लेखेको छ, ‘यो मन्त्रालयको नीति–नियमको बर्खिलाप हो।’

मन्त्रालयले यस सम्बन्धमा स्थानीय बैंक तथा एक्सचेन्ज कम्पनीहरूलाई पत्र पठाउँदै मन्त्रालयको स्विकृति बिना समाजिक संस्थाको नाममा रकम ननिकाल्न तथा जम्मा नगर्न उर्दी लगाएको छ।

मन्त्रालयको पत्रमा भनिएको छ– बैंक तथा एक्सचेन्ज कम्पनीबाट यस्ता रकम निकाल्नु परेको खण्डमा मन्त्रालयबाट पैसा ‘डिपोजिट’ गर्ने व्यक्तिको नाम, रकम तोकिएको कागज तथा कुन संस्था वा व्यक्तिमा रकम ‘ट्रान्सफर’ हुने हो यसको स्पस्ट व्यहोरा नभएसम्म कारोबार नगर्नु।’