भारत–दुबईको उडान अझै खुलेन

भारत–दुबईको उडान अझै खुलेन

काठमाडौं।युनाईटेड अरब इमिरेट्स (यूएई) को सरकारी जहाज इमिरेट्सले भारतको उडान अनिश्चित कालका लागि बन्द गरेको छ।

कोरोनाको दोस्रो लहरमा भारतीय भेरियन्ट फेला परेपछि यूएईले भारतबाट आउने यात्रुहरूमा उच्च सतर्कता अपनाएको थियो। इमिरेट्सले बिहीबार आफ्ना यात्रुलाई यसको जानकारी दिँदै भारतबाट दुबई आउने उडान नखुलेको जानकारी दिएको हो।

उसले तत्कालका लागि उडान खोल्ने सम्भावना नरहे पनि अवस्था सुध्रिदै गएको र यात्रा नियममा केही हेरफेर भए यात्रुहरूलाई तुरुन्त जानकारी दिने बताएको छ।

‘भारतको उडान रद्ध भएको निर्णयलाई यथावत राखिएको छ। यसको पुर्नबहालीका लागि नयाँ यात्रा नियम तथा गाइडलाइनको पखाईमा छौं। हामीलाई केही सूचना प्राप्त भएमा तुरुन्त आफ्नो वेभसाइटमा अपडेट गर्नेछौं। कृपया नयाँ सूचनाका लागि वेभसाइट हेर्दै गर्नुहोला,’ इमिरेट्स विमानले आफ्नो ट्वीटरमा भनेको छ।

इमिरेट्सले भारतबाट दुबईको उडान ६ जुलाईसम्म रद्ध गरेको हो। यसअघि भारत र दुबईको उडान २३ जुनबाट सुरु हुने बताइएको थियो। तर, विमानको नयाँ सूचनाले भारतबाट दुबई उडान भर्न लागेको यात्रु निराश बनेका छन्।