यूएईमा वर्षाको संकेत

यूएईमा वर्षाको संकेत

दुबई। युनाइटेड अरब इमिरेट्स (यूएई) को राष्ट्रिय मौसम विभाग (एनसिएम) ले देशका केही भागमा आज (२४ जुन, बिहिबार)  वर्षात हुने अनुमान गरेको छ।

विभागको मौसम पूर्वानुमान शाखाका अनुसार दिनभर गर्मी हुनुका साथै बेलुकीपख पूर्वी र दक्षिणी भागमा आंशिक बादलसहित वर्षा हुने बताइएको छ। सो वर्षा देशका भित्री भागमा विस्तार हुनसक्ने अपेक्षा पनि गरिएको छ।

यूएईमा २३ जुन, बुधबार पनि वर्षा भएको थियो। दिनभर मध्यम बतास चल्ने भएकाले धुलो र बालुवा उड्न सक्ने समेत बताइएको छ। त्यस्तै अरेबियाली गल्फ र ओमन समुद्रको गति हल्का हुने अनुमान गरिएको छ।



No ads found for this position