माल्टामा ३० वर्षीय एक नेपाली मोटरसाइकल दुर्घटनामा

माल्टामा ३० वर्षीय एक नेपाली मोटरसाइकल दुर्घटनामा

माल्टा। माल्टामा ३० वर्षीय एक नेपाली युवा सडक दुर्घटनामा घाइते भएका छन्।

२३ जुन बुधबार स्थानीय समयअनुसार बिहान साढे ११ बजे दुर्घटना भएको हो। दुर्घटना ट्रिक–इल–बिरा सान गुजेप, हाम्रुनमा भएको स्थानीय मिडियाले जनाएको छ।

प्रहरीका अनुसार पिडित नेपाली किम्को मोटरसाइकलमा सवार थिए। उनलाई निसान गाडीले ठक्कर दिएको हो। गाडी ५३ वर्षीय व्यक्तिले चलाइरहेका थिए। उनी मर्सस्कलाबाट निसान गाडीमा आइरहेको बेला घटना भएको हो।

गाडीको ठक्करबाट गम्भीर घाइते भएका नेपाली युवालाई कोरमीको मेडिकल टिमले उपचार गरी थप उपचारको लागि मटेर देई अस्पतालमा भर्ना गरिएको छ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

माल्टमा रहेका नेपाली युुवा सन्देश केसीले घाइते अस्पतालमा रहेको र उनीहरुका आफन्त त्यहाँ नहुँदा थप विवरण प्राप्त हुन नसकेको प्रवास खबरलाई जानकारी दिए ।