साउदीमा ५० वर्षमाथिका लागि खोपको ‘दोस्रो डोज’ सुरु

रियाद। साउदी अरबले कोभिडविरूद्ध खोपको दोस्रो मात्रा प्रदान गर्न ‘खोप कार्यक्रम’ सुरु गरेको छ।
यहाँको स्वास्थ्य मन्त्रालयले कोभिडविरूद्ध खोपको दोस्रो मात्राको लागि २४ जुनदेखि कार्यक्रम सुरु गरेको हो।
सो खोप कार्यक्रमले यसभन्दा पहिले खोपको पहिलो मात्रा लिएका ५० वर्ष वा सो भन्दामाथिको उमेरका व्यक्तिलाई समेटेको छ।
मन्त्रालयले २४ जुन, बिहीबार बताएअनुसार कोभिडविरूद्ध खोप कार्यक्रमले साउदी अरबको वयस्क जनसङ्ख्याको ७० प्रतिशतलाई समेट्ने छ।
त्यस्तै, मन्त्रालयले देशभरिमा ५ सय ८७ भन्दा बढी खोप केन्द्रमा एक करोड ६८ लाखभन्दा बढी व्यक्तिलाई खोप प्रदान गरिसकेको छ।