मन्त्रिपरिषद् हेरफेर : ४ मन्त्रीलाई २१ मन्त्रालयको जिम्मेवारी

मन्त्रिपरिषद् हेरफेर : ४ मन्त्रीलाई २१ मन्त्रालयको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् हेरफेर गर्दै मन्त्रिहरुलाई जिम्मेवारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले आज बाँकी ४ मन्त्रीहरुलाई २१ मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ, वसन्तकुमार नेम्वाङ र लिलानाथ श्रेष्ठलाई २१ मन्त्रालयको बाँडफाँड गरेका हुन् ।

जसअनुसार अर्थसहित उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ र गृह मन्त्रालयको जिम्मेवारी विष्णु पौडेलले पाएका छन् ।