टोकियोको होटलमा एक नेपाली युवा मृत भेटिए

टोकियोको होटलमा एक नेपाली युवा मृत भेटिए सांकेतीक तस्वीर

टोकियो । जापानको राजधानी टोकियाेमा रहेकाे एक होटलमा नेपाली युवा मृत अवस्थामा फेला परेका छन् ।

टोकियोको शिन्जुकमा रहेको एक होटलमा २३ बुधवार बाग्लुङ गलकोटका राजन बुढाथोकी होटलमा मृत फेला परेका हुन् ।

२२ जुनको राती होटलमा बास बसेका बुढाथोकी अर्काे दिन बिहान होटलको कोठाबाट बाहिर नआएपछि कर्मचारीले कोठा चेक गरेका थिए ।
उनी हरि नामले परिचित थिए ।

प्राप्त जानकारी अनुसार प्रहरीले बुढाथोकी आफैंले ज्यान लिएको बताएको छ। बुढाथोकी जापानमा कुकको काम गर्दै आएका थिए ।

उनकीे श्रीमती केही महिनाअघि मात्र नेपाल फर्किएकी थिइन् ।

श्रीमतीलाई नेपाल पठाएपछि उनी केही समय यता साथीसँगै बस्दै आएका थिए । केही दिनयता बस्दै आएको कोठामा पनि नगएको पाइएको छ ।

उनको शवलाई अहिले प्रहरीले नियन्त्रणमा राखेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धा भइरहेको बताएको छ ।