काठमाडौं–मस्कट उडान ३ जुलाइदेखि, भाडा दर न्यूनतम १२० ओमनी रियाल

काठमाडौं–मस्कट उडान ३ जुलाइदेखि, भाडा दर न्यूनतम १२० ओमनी रियाल

मस्कट। दुई महिनादेखि रोकिएको मस्कट–काठमाडौं–मस्कट उडान ३ जुलाइदेखि सूचारु हुने भएको छ।

मन्त्री परिषद् बैठकले ओमनको लागि हप्तामा एक उडान स्वीकृति दिएसँगै ३ जुलाइमा सलाम एयरले उडान भर्न लागेको हो। विदेशमा नेपालीको समस्या बढ्दै गएपछि सरकारले विभिन्न देशका लागि ‘विशेष उडान’ अनुमति दिएको हो।

सलाम एयरका नेपाल प्रमुख बिनोद सापकोटाका अनुसार ३ जुलाइदेखि सातामा एक उडान नियमित हुनेछ। उडान समय तालिका भने हालसम्म निर्धारण भइसकेको छैन।

‘३ जुलाइदेखि हप्तामा एक उडान नियमित हुने स्वीकृती पाइसकेका छौँ। समय तालिकाको लागि नागरिक उडड्यन प्राधिकरणमा पठाइसकेका छौँ। तर, एप्रुभल आइसकेको छैन,’ उनले प्रवास खबरसँग भने ।

यात्रु लिएर गएको जहाज सोहीदिन काठमाडौँबाट मस्कट फर्किनेछ। घरबिदामा गएको बेला अड्किएका नेपालीलाई बोकेर उक्त जहाज काठमाडौं फर्किने सापकोटाले बताए।

उडानका लागि सेवा प्रदायक कम्पनी सलाम एयरले १ सय २० ओमनी रियल ९नेपाली करिब ३७ हजार० भाडा तोकेको छ। तर, लगेज बढी ल्याउन चाहाने यात्रुलाई भने अत्तिरिक्त शुल्क लाग्नेछ। किलोग्रामको हिसाबले शुल्क बढ्दै जाने उनले बताए।

कोरोनाको पहिलो महामारीमा पनि सलाम एयरले सबैभन्दा सस्तो सेवा प्रवाह गरेको थियो। उसले त्योबेला १ सय १५ ओमनी रियालमा सेवा दिएको थियो। जबकी त्योबेला नेपाल सरकार आफैले ओमनबाट फर्किन ६१ हजार रुपैयाँ भाडा दर तोकेको थियो।

अहिले निर्धारण गरिएको भाडादर पनि निकै सस्तो रहेको सापकोटाको दावी छ। ‘श्रमिकलाई जतिसकिन्छ सस्तोमा उडाउने हाम्रो प्रयास हो। अहिले तय गरिएको भाडा पनि अन्य मुलुकको तुलनामा निकै सस्तो हो,’ उनी दावी गर्दै भन्छन्, ‘महामारीको विषम परिस्थितीमा हामी श्रमिकप्रति संवेदनशील छौँ।’

गैरआवासीय नेपाली सोसल क्लब ओमनका अध्यक्ष विकल झा उडान रोकिँदा समस्या बढ्दै गएपछि आफूहरुले दूतावासमार्फत उडान सूचारु गर्न आग्रह गरेको बताउँछन्। ‘हप्तामा एउटा उडान हुँदा पनि श्रमिकले ठूलो राहत पाउने छन्,’ भाmले प्रवास खबरसँग भने। झा सलाम एयरले तोकेको भाडा तुलनात्मक रुपमा सस्तो भएको बताउँछन् ।

उनले सलाम एयरको अफिसियल वेव साइटबाट वा उसको अफिसमा सम्पर्क गरेर टिकट खरिद गर्न आग्रह गरेका छन्।