प्रचण्डनिकट खानेपानी बोर्डका लेखा प्रमुख रामचन्द्र ढकालविरूद्ध अख्तियारमा उजुरी

प्रचण्डनिकट खानेपानी बोर्डका लेखा प्रमुख रामचन्द्र ढकालविरूद्ध अख्तियारमा उजुरी

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड० की बुहारी तथा तत्कालिन खानेपानी मन्त्री बिना मगरसँगको सेटिङमा करोडौं भ्रष्टाचार गरेको भन्दै काठमाडौं उपत्यका खानेपानी बोर्डका लेखा प्रमुख रामचन्द्र ढकालविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

उजुरी काठमाडौं उपत्यका खानेपानी बोर्डकै कर्मचारीले दर्ता गराएको अख्तियार श्रोतले बतायो।

काठमाडौं उपत्यका खानेपानी बोर्डका लेखा प्रमुख रामचन्द्र ढकालले सेवाग्राहीसँग कूल भुक्तानी रकमबाट चेक काराबार गर्दा अनाधिकृत रुपमा २० देखी ३० प्रतिशत रकम घुस बापत लिँदै आएको उजुरीमा उल्लेख छ।

उजुरीमा भनिएको छ– ‘घुस बापत प्राप्त रकमबाट ढकालले काठमाडौंको शंखमुलमा पक्कि घर ठड्याएको र विभिन्न बैंक र वित्तिय संस्थामा बचत गरिरहेको जानकारी गराउन चाहन्छौँ।’ उजुरी दुई पेज लामो छ।

अनाधिकृत रुपमा आर्जन गरेको पैसाले ढकालले विलासी जीवन ब्यतित गर्दै आइरहेको, विभिन्न समयमा आफूले रचना गरेको गीतको गीती एल्बम निकाल्दै आइरहेको उजुरीमा उल्लेख छ ।

त्यस्तै उजुरीमा भनिएको छ–माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल ९प्रचण्ड०सँग निकट रहेका उनी प्रचण्डको बुहारी विना मगर खानेपानीमन्त्री रहेका बेला सेटिङमा ढकालले करोडौँ घूस उठाएर केही प्रतिशत आफूलाई राखेर बाँकी पैसा मन्त्री विना मगरलाई बुझाउँदै आएका थिए।



No ads found for this position