यूएईबाट ५ शवसहित २७० नेपाली स्वदेश फिर्ता, ‘ओभरस्टे फाइन’ तिर्न नस्कदा ३ जना उड्न पाएनन्

यूएईबाट ५ शवसहित २७० नेपाली स्वदेश फिर्ता, ‘ओभरस्टे फाइन’ तिर्न नस्कदा ३ जना उड्न पाएनन् File Photo

काठमाडौँ । कोरोना महामारीका कारण रोकिएको दुबई–काठमाडौं उडान झण्डै दुई महिनापछि सूचारु भएको छ । बुधबार दिउँसो दुबईमा अलपत्र नेपालीलाइ बोकेर नेपाल एयरलाइन्सको जहाज काठमाडौं उडेको हो ।

सो उडानमा २ नवजात शिश, ३ बालबालिकासहित २७० जना नेपाली काठमाडौं फर्किएको नेपाल एयरलाइन्सका यूएई प्रतिनिधि टीकाराम पँगेनीले प्रवास खबरलाई जानकारी दिए । सोही जहाजमा यूएईमा ज्यान गुमाएका ५ नेपालीको शव समेत पठाइएको छ ।

मृतक नवलपरासीका सोमबहादुर गुरुङ र खडकबहादुर थारु, स्याङ्जाका लोकबहादुर मगर, रोशबहादुर आले र सिन्धुपाल्चोकका साङ दोर्जे शेर्पाको शव पठाइएको पँगेनीले बताए।

सोही उडानमा टिकट काटेका ३ जना युवालाई भने दुबईको अध्यागामनले रोकेको छ । भिसाको म्याद समाप्त भइसकेकोले उनीहरुलाई ‘ओभरस्टे फाइन’ लागेको थियो । जरिवाना बापतको रकम बुझाउन नसक्दा उनीहरु अड्किनु परेको हो र

यूएईमा अलपत्र परेका नेपालीको समस्या बढ्दै गएपछि सरकारले नेपाल एयरलाइन्सको जहाजलाई उडानको लागि अनुमति दिएको थियो। नियमित उडान भनिए पनि चार्टर्ड उडानको सरह भाडा तोकिएको यूएईमा रहेका श्रमिकको गुनासो छ।

अहिले यूएईमा हजारौँ नेपाली देश फर्किन उडानको प्रतिक्षामा छन्। करार अवधि सकिएका र नियमित घर विदामा फर्किने उडान बन्दको चपेटामा छन्। कतिपयको त भिसा सकिएर ‘ओभरस्टे फाइन’ लागेको छ ।
उडान बन्द हुँदा केही नेपाली श्रमिक देशमा आफ्न्त गुमाउँदा पनि फर्किन सकेका छैनन्।

कोरोना महामारीले उडान रोकिन पुग्दा अहिले हजारौँको संख्यामा नेपालीहरू यूएईमा अलपत्र परेका हुन्। सीमित संख्यामा उडाउन लागिएका जहाजले यात्रुको चाप थेग्न नसक्ने धेरैको गुनासो छ।

यो पनि पढ्नुहोस्

निगमको दुबई–काठमाडौं उडान सूचारु हुँदै, एकतर्फी भाडा मात्र झण्डै ५० हजार