एनआरएनए र आइओएमबीच सहकार्य

एनआरएनए र आइओएमबीच सहकार्य

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) र संयुक्त राष्ट्रसंघ अन्तर्गतको अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम) बीच आपसी सहकार्य भएको छ ।  समझदारी पत्रमा संघका तर्फबाट अध्यक्ष कुमार पन्त तथा उपाध्यक्ष डा. बद्री केसीले हस्ताक्षर गरेको संघले जनाएको छ ।

समझदारी पत्रमा वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकहरुको स्वेच्छिक फिर्ति, उनीहरुका लागि दिगो पुनःएकिकरण कार्यक्रम, सुरक्षित आप्रवासनसहित आर्थिक तथा मानवीय विकासका लागि सहकार्य गर्ने उल्लेख छ।

यस्तै द्विपक्षीय हित तथा आपसी सरोकारका विषयमा खोज तथा अनुसन्धानमा सहकार्य गर्ने, कोभिड–१९ का कारण प्रभावित विभिन्न गन्तव्य मुलुकहरुबाट स्वदेश फर्कनु परेका नेपाली श्रमिकहरुका लागि स्वरोजगारीका अवसर, क्षमता अभिवृद्धि, आर्थिक साक्षरता, उद्दमशीलता लगायतका क्षेत्रमा सहकार्य गर्ने, आप्रवासन सम्बन्धि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति तथा लक्ष्य प्राप्तिमा नेपाल सरकारसँग सहकार्य गर्ने लगायतका विषयमा सहमति भएको छ ।

समझदारीपछि साझा उद्देश्य प्राप्तिका विभिन्न क्षेत्रमा दुवै संस्थाले कार्यगत सम्बन्ध विस्तार गर्ने बताइएको छ । यस्तै डायस्पोराको समग्र विकासमा सहकार्य तथा सहजीकरण गर्नुका साथै सरकारका विभिन्न निकाय र तहमा सुरक्षित आप्रवासन तथा आर्थिक विकासका लागि समन्वय तथा सहकार्य गरि अघि बढ्ने संघले जनाएको छ ।

संघले विगत ६ महिनादेखि आईओएमसँग सहकार्यका लागि पहल गरिरहेको थियो ।