अन्तर्राष्ट्रिय उडानमा चर्को मूल्य असुलीबारे छानबिन गर्न सरकारद्वारा समिति गठन

काठमाडौं । अन्तर्राष्ट्रिय हवाई उडानमा ट्राभल एजेन्सीले चर्काे मुल्य असुल गरेको गुनासो बढेपछि सरकारले छानबिन समिति गठन गरेको छ ।
निषेधआज्ञाको मौका छोपेर ट्राभल एजेन्सीले सरकारले तोकेको भन्दा महंगोमा टिकट विक्री गरेको व्यापक गुनासो आएपछि पर्यटन मन्त्रालयले समिति गठन गरेको हो।
मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलको संयोजत्वमा ५ सदस्यीय समिति गठन गरेको जनाएको छ ।
प्राप्त गुनासो बारेमा समितिले विस्तृत छानबिन गर्ने मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोनाको दोस्रो लहर बढेपछि २० बैशाखदेखि सरकारले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको थियो । यसबीच विदेशमा समस्यामा परेका नेपाली श्रमिकको अवस्था कस्टकर बन्दै गएपछि सरकारले केही देशमा सिमित संख्यामा जहाजलाई उडानका लागि अनुमति दिएको थियो ।
सरकारका अनुसार यी उडान चार्टर्ड नभएर नियमित हुन् । तर, एयरलाइन्स तथा ट्राभल एजेन्सीले विभिन्न वाहनामा श्रमिकबाट चर्काे मुल्य असुल गरेपछि त्यसको चौतर्फी विरोध भएको छ।
यो पनि पढ्नुहोस्
काठमाडौं–साउदी उडानमा कमिसनको खेलः श्रमिकको ढाड सेकिदै, सरकार मौन
ताजा अपडेट

अदालतको फैसला स्वीकार्य छ : रवि लामिछाने
