आइतबारदेखि ओेमनमा नयाँ प्रतिबन्ध

आइतबारदेखि ओेमनमा नयाँ प्रतिबन्ध फाइल फोटो

मस्कट । कोरोनाा भाइरस (कोभिड–१९) को संक्रमणलाई नियन्त्रण गर्न ओमनले नयाँ प्रतिबन्ध लागू गरेको छ।

नयाँ निर्णय अनुसार साँझ ८ बजेदेखि बिहान ४ बजेसम्म सवारी साधन बन्द रहनेछन् । सो अवधिभित्र सम्पूर्ण सार्वजनिक स्थल र व्यापारिक गतिविधि पनि ठप्प रहनेछन् । यो समयमा मानिस समेत बाहिर निस्कन पाउनेछैनन् ।

यो प्रतिबन्ध २० जुन, आइतबारदेखि अर्को सूचना जारी नहुन्जेलसम्म लागू हुने बताइएको छ ।

यसभन्दा अघिको निर्णयमा छुट प्रदान गरिएका गतिविधि तथा होम डेलिभरीको सन्दर्भमा भने यो नियम लागू हुने छैन।

त्यस्तै, स्वास्थ्य मन्त्रालयको नेतृत्वमा सबै स्वास्थ्य क्षेत्रका संस्थाहरुले कोभिड–१९ खोपको राष्ट्रिय योजना कार्यान्वयन गर्ने सरकारको विश्वास छ ।

सरकारले सम्पूर्णलाई आफू तथा आफ्नो परिवारको सुरक्षाको लागि कोभिड विरुद्धको खोप अनिवार्य लगाउन समेत आग्रह गरेको छ।