जापानले आफ्नै नागरिकसरह नेपालीलाई पनि कोरोना खोप लगाइदिने

जापानले आफ्नै नागरिकसरह नेपालीलाई पनि कोरोना खोप लगाइदिने

टोकियो। जापान सरकारले आफ्नो देशमा रहेका नेपालीलगायत विदेशी नागरिकलाई सहजरुपमा कोभिडविरुद्धको खोप उपलब्ध गराउने भएको छ।

जापानमा रहेका नेपालीले यसअघि खोप लगाउन थुप्रै समस्या भोग्नु परेको थियो। जापानमा हाल एक लाखको हाराहारीमा नेपाली बसोबास गर्ने गरेका छन्। विदेशी नागरिकलाई कोरोना खोप लगाउने सम्बन्धमा यसअघि जापान सरकारसँग कुनै नीति थिएन। तर, सरकारले विदेशी नागरिकको समस्या निराकरण गर्न १५ जुन मंगलबारदेखि नयाँ नीति लागू गरेको छ।

लागू नयाँ नीति अनुसार स्थानीय नगरपालिकाले विदेशी नागरिकलाई खोप उपलब्ध गराउने छ। यसका लागि नगरपालिकाले भौचर पठाउने र टेलिफोनको माध्यमबाट कोभिड–१९ बारे परामर्श सेवा दिने उल्लेख छ। नेपाललगायत अन्य विदेशीको हकमा परामर्श सेवा बहुभाषामा हुनेछ।

जापानका न्यायमन्त्री योको कामीकावाले पत्रकार सम्मेलनमा सरकारले विदेशी नागरिकलाई पनि समान व्यवहार गर्न यस्तो नीति ल्याएको बताए।

विदेशी नागरिकको दैनिक जीवन सुधार गर्न सरकारले ल्याएको नयाँ नीतिमा थप १० नयाँ उपाय समावेश गरिएको छ।

जापानको संधोधित नीतिले विदेशी प्राविधिक प्रशिक्षार्थीको गोपनीयताको सम्मान गर्ने र संक्रमण रोकथामका लागि पर्याप्त सुविधा पुर्याउने बताइएको छ।

२०२० को अन्त्यसम्म जापानमा करिब २० लाख ८९ हजार विदेशी नागरिक रहेको उल्लेख छ।