गायक मिका सिंहको तुलना सुगुरसँग

गायक मिका सिंहको तुलना सुगुरसँग

नयाँ दिल्ली। कमाल राशिद खान (केआरके) ले चर्चित गायक मिका सिंहको तुलना सुगुरसँग गरेका छन्। स्वघोषित फिल्म समीक्षक बनेका केआरके सलमान खान अभिनित नयाँ फिल्म ‘राधे’ को बारेमा टिप्पणी गरेर विवादमा परेका थिए।

गायक मिका र केआरकेबीच केही समयदेखि विवाद चलिरहेको छ। यही विवादलाई लिएर मिकाले केआरकेमाथि संगीन आरोप लगाएका थिए। उनले जमीनको विवादका कारण केआरके भारतमा आउन नसकेको बताएका थिए। यसैको जवाफमा केआरकेले मिकालाई ‘रेपिस्ट र अवसको पुजारी’ को उपमा दिए। उनले मिकाको तुलना सुगुरसँग गरे।

मिकाले आफ्नो बयानमा भनेका थिए, ‘केआरके इन्डियामा ब्यान छन्। उनी भारत प्रवेश गर्न सक्दैनन्। यदी यो सत्य होइन भने म उनलाई अगाडी आउन अनुरोध गर्छु र मेरो दावी झुटो भएको प्रमाणित गर्न आग्रह गर्छु।’ उनले डेढ वर्षअघि केआरकेविरूद्ध मुद्धा दायर भएको बताए।

उनले भनेका छन्, ‘उसले मेरो आफन्तलाई दुई वटा प्रोपर्टी बेचेको थियो। एउटा उसकै थियो, अर्को भाईको। केआरकेको जमीनको कागजपत्र ठिक थियो। तर, उसले आफ्नो भाईको जमीनको कागजमा पनि आफैले हस्ताक्षर गरेको थियो। पछि उसले गल्ती स्वीकार गर्यो। हामीले मुद्धा हालेपछि। त्यसपछि उ फरार छ।’

मिकाले प्रमाणको रुपमा एफआइआरको कपि देखाएका थिए। केआरके भारत आउने वित्तिकै पक्राउ पर्ने उनको भनाइ थियो।

मिकाको यो हर्कतपछि केआरकेले एउटा भिडियो सार्वजनिक गरेका छन्। जसमा उनले मिकाको तुलना सुगुरसँग गरेका थिए। क्याप्सनमा लेखिएको छ, ‘हवसका देउता मिका सिंहलाई मेरो उत्तर।’ भिडियोमा केआरकेले मिकाको आरोपको खण्डन गरेका छन्। उनले दुई दिनअघि आफू मुम्बईस्थित घरमा भएको बताए।

गत महिना सलमान खानले पनि केआरकेविरूद्ध मानहानीको मुद्धा दायर गरेका थिए।