एनआरएनए यूएईका अध्यक्षको निलम्बन जुलाइसम्म, उपाध्यक्षको फुकुवा

एनआरएनए यूएईका अध्यक्षको निलम्बन जुलाइसम्म, उपाध्यक्षको फुकुवा

दुबई । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईका उपाध्यक्ष पासाङ शेर्पाको निलम्बन केन्द्रीय समितिले फुकुवा गरेको छ।

दातृसंस्थाले श्रमिक उद्धारको लागि सहयोगस्वरुप दिएको पैसा यूएई अध्यक्ष प्रकाश कोइराला र उपाध्यक्ष शेर्पाले हिनामिना गरेको आरोप लागेपछि आइसीसीले १९ फेब्रुअरीमा जिम्मेवारीबाट बाहिर राख्दै उनीहरू उपर छानबीन समिति गठन गरेको थियो।

संघको केन्द्रीय कार्यकारी समितिको २२ मेमा बसेको बैठकले उपाध्यक्ष शेर्पाको निलम्बन १० जुनमा फुकुवा गर्ने तर, अध्यक्ष कोइरालाको हकमा भने जुलाइ महिनामा हुने एनआरएन यूएईको अधिवेशनसम्म कायम रहने निर्णय गरेको छ।

काठमाडौंस्थित संघको सचिवालयका कार्यकारी निर्देशक राजेश राणाले हस्ताक्षर गरेर यूएईका कार्यवहाक अध्यक्ष निरञ्जन सिलवाललाई पठाएको पत्रमा भनिएको छ, ‘छानवीन समितिको प्रतिवेदन, केन्द्रीय अनुगमन समितिको प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन तथा अनुशासन समितिको परामर्शमा अध्यक्ष प्रकाश कोइरालाको हकमा मिति २०२१ को जुलाइ महिनामा हुने राष्ट्रिय समन्वय परिषद् यूएईको अधिवेशनसम्म र उपाध्यक्ष पासाङ शेर्पाको हकमा उक्त निलम्बन मिति २०२१ जुलाई १० सम्म कायम रहने।’

पत्रमा अध्यक्ष प्रकाश कोइरालाले बुझाएको हिसाबमा २ हजार २ सय ६१ डलर मिलान हुन नसकेको कारण ३० जुनसम्म असुल उपर गर्न भनिएको छ।