चीन विरोधी गतिविधि गरेको आरोपमा प्रधान सम्पादक पक्राउ

चीन विरोधी गतिविधि गरेको आरोपमा प्रधान सम्पादक पक्राउ

हङकङ। चीन विरोधी गतिविधि गरेको आरोपमा एप्पल डेलीका प्रधान सम्पादक रयन ल पक्राउ परेका छन्।

एप्पल डेली पत्रिकाले प्रजातन्त्रको पक्षमा आवाज उठाउँदै आइरहेको थियो। हङकङस्थित राष्ट्रिय सुरक्षा प्रहरीले बेइजिङले हालै जारी गरेको नयाँ राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत प्रधान सम्पादक रयनलाई पक्राउ गरेको बताएको छ।

प्रहरीले प्रधान सम्पादक रायनसहित अन्य पाँचजना पत्रकारलाई कार्यालयमै छापा हानेर नियन्त्रणमा लिएको एप्पल डेलीले जनाएको छ।

बेइजिङले देशद्रोह र पृथकतावादी गतिविधि तथा विदेशीहरूसँग मिलेर चिनियाँ विरोधी गतिविधि गरेको आरोपमा उनीहरूलाई पक्राउ गर्न आदेश दिएको हो। चीनले हङकङमा राष्ट्रिय सुरक्षा कानून लागू गरेपछि स्थानीयवासी महिनौदेखि त्रसित छन्।

पत्रिकाका मालिकलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ।

चिनियाँ नीतिप्रति आलोचना गरेकै कारण प्रधान सम्पाद रायन, प्रमुख कार्यकारी अधिकृत चिउङ किम हुङ, चो ताट् किउङ, सहसम्पादक चान पुइमेन र प्रमुख कार्यकारी सम्पादकलाई समाचार कक्षबाटै पक्राउ परेका हुन्।

स्वतन्त्रताको वकालत गरेकै कारण प्रधान सम्पादकलगायत अन्य पत्रकार पक्राउ परेको घटनाप्रति अन्तर्राष्ट्रिय समाचार संस्थाले गम्भीर चिन्ता व्यक्त गरेका छन्।



No ads found for this position