श्रमिकको स्वास्थ्य सुरक्षालाई लक्षित गर्दै आबुधाबीमा सचेतना कार्यक्रम सुरू

श्रमिकको स्वास्थ्य सुरक्षालाई लक्षित गर्दै आबुधाबीमा सचेतना कार्यक्रम सुरू

आबुधाबी । आबुधाबी स्वास्थ्य केन्द्रले श्रमिकको स्वास्थ्य सुरक्षालाई लक्षित गर्दै ‘सेफ्टी इन् हिट’ (तापक्रममा सुरक्षित) कार्यक्रम सुरु गरेको छ। यूएईले मंगलबार (१५ जुन) देखि श्रमिकलाई काममा लगाउन निषेध गरेसँगै स्वास्थ्य केन्द्रले यो कार्यक्रम सुरु गरेको हो।

प्रत्येक वर्ष तीन महिनासम्म लागू हुने गरी यहाँ दिउँसो श्रमिकलाई खुल्ला ठाउँ (आउटडोर) तथा सूर्यको किरण प्रत्यक्ष पर्ने ठाउँमा काम गर्न प्रतिबन्धित गरिन्छ। यस्तो प्रतिबन्ध जुन १५ देखि सुरु भइ सेप्टेम्बर १५ मा अन्त्य हुन्छ।

केन्द्रले आफ्नो वार्षिक गतिविधिहरूको एक अंशको रुपमा यस कार्यक्रमको आरम्भ गर्ने उद्देश्यले श्रमिकहरुलाई गर्मी तथा तापक्रमबाट हुने तनावको जोखिमबाट बचाउन रोजगारदाता र सुपरभाइजरहरुद्वारा आवश्यक कदम चाल्ने सम्वन्धमा सचेतना जगाउने बताएको छ। सचेतना दिने क्रममा सो कार्यक्रमको माध्यमबाट श्रमिकहरुलाई दिउँसोको चर्को घाममा काम गर्दा हुने जोखिम तथा सुरक्षाका विधिहरूको बारेमा सुसूचित गरिने छ।

आबुधाबी स्वास्थ्य केन्द्रका महानिर्देशक मतार अल–नुएइमीले ‘आबुधाबी सरकारको यो पहलले श्रमिक र रोजगारदातालाई को सुरक्षा एवम् संरक्षण गर्न तथा गर्मीबाट हुने तनाब एवम् जोखिमबाट हुने घाइतेहरूको संख्या घटाउने काममा चासो झल्किने’ बताएका छन्। त्यस्तै, व्यावसायिक स्वास्थ्य र सुरक्षालगायत सार्वजनिक स्वास्थ्य मामिलासँग सम्बन्धित अंशको रुपमा यसले केन्द्रको प्रतिबद्धता पनि प्रतिबिम्बित गर्ने उनले बताएका छन्।

आबुधाबीमा सक्रिय विभिन्न क्षेत्रहरुसँग रणनीतिक साझेदारी गरिएको सो कार्यक्रमले निर्माण , फोहोर, ऊर्जा, पर्यटन, संस्कृति, स्वास्थ्य, यातायात र खाद्य क्षेत्रलाई समेट्ने बताइएको छ।

त्यस्तै, केन्द्रले सो वार्षिक सचेतना कार्यक्रममार्फत व्यवसायहरुलाई यस विषयसँग सम्बन्धित विविध सामग्री तथा सल्लाह–सुझाव प्रदान गर्नेछ।

त्यसैगरी केन्द्रले यस कार्यक्रमको माध्यमबाट आबुधाबीको इमिरेट्स भित्र आफ्नो गतिविधि सञ्चालन गर्दा तापक्रमबाट सुरक्षासँग सम्बन्धित आवश्यकता परिचित गर्न र सोहीअनुसार कार्यान्वयन गर्न खुला ठाउँमा काम गर्ने सम्पूर्ण व्यवसायीहरुलाई आह्वान गरेको छ। ती व्यवसायीहरुलाई श्रमिकहरुलाई अत्याधिक तनावबाट जोगाउन उचित स्वास्थ्य मापदण्डहरूको सुनिश्चित गर्न, जिम्मेवारी वहन तथा यस अवधिमा सम्बन्धित सबै व्यक्तिहरूको लागि आवश्यक अनलाइन प्रशिक्षणको प्रावधान सुनिश्चित गर्न आग्रह गरेको छ।

यसैसन्दर्भमा केन्द्रले सम्पूर्ण व्यवसायहरुलाई स्वस्थ खानेकुरा, पिउनेपानी, विश्राम तथा उपयुक्त व्यक्तिगत सुरक्षात्मक उपकरण लगाउने र अन्य उपायको सन्दर्भमा निर्देशन प्रिन्ट गरी श्रमिक भएको ठाउँमा वितरण गर्न समेत आग्रह गरेको छ।

केन्द्रका महानिर्देशक नुएमीले कार्यस्थलमा कोभिड महामारीलाई नियन्त्रण तथा रोकथामका लागि समेत आवश्यक स्वास्थ्य मापदण्डहरूको पालना गर्नुपर्ने आवश्यकतामा पनि जोड दिएका छन्।

यो पनि पढ्नुहोस्

यूएईमा श्रमिकलाई घाममा काम लगाउने कम्पनीलाई ५० हजार दिरामसम्म जरिवाना

अब यूएईमा नेपाली श्रमिकलाई बुझ्ने भाषामा काम लगाउनुपर्ने