कुवेतमा अवैधानिक भएका आप्रवासीलाई आफ्नो ‘स्टाटस’ सच्याउन अन्तिम मौका

कुवेत सिटी । कुवेतको आवासीय कानून उल्लङ्घन गरेका आप्रवासीले वैधानिकता कायम गर्न अन्तिम माैका पाएका छन् । कुवेतको आन्तरिक मन्त्रालयले आप्रवासी कानूननको केही दफा संशोधन गर्दै अन्तिम अवसर दिएको जनाएकाे छ।
आन्तरिक मन्त्री शैख थमेर अल–अलिले आप्रवासी कानून संशोधन गर्दै सो उल्लंघन गर्नेको अवस्था २५ जुन सम्ममा सुधार गर्न समय थप गरिएको बताएका छन्।
सो निर्णयले आप्रवासी कानूनको उल्लंघन गर्नेलाई २५ जुनसम्ममा आफ्नो अवस्था सुधार गर्न भनेको छ।
आफ्नो अवस्था सुधार गर्न असफल हुने आप्रवासीहरुलाई कानूनीरुपमा तोकिएको सजाय दिइने, देशनिकाला गरिने र पुन : कुवेत फर्कने अनुमति नदिइने मन्त्रालयले बताएको छ ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर