दुई महिनापछि नेपाल एयरलाइन्सले जापानको लागि उडान भर्दै

काठमाडौं। कोरोना महामारीका कारण स्थगित भएको नेपाल एयरलाइन्सको जापान उडान २४ जुनदेखि सुचारु हुनेभएको छ। करिब २ महिनापछि काठमाडौं–नारिता उडान हुन लागेको हो।
स्थगनपछि नेपाल एयरलाइन्सको पहिलो बिमान २४ जुन शुक्रबार राती ११ बजे यात्रु बोकेर उड्ने छ। यस्तै नारिता बिमानस्थलबाट सोही जहाज २५ जुन, बिहान ११ बजे नेपाल फर्किने छ।