सरकार पन्छिएपछि कुवेतबाट नेपाली चेलीको लास पठाउन श्रमिकले उठाए चन्दा

सरकार पन्छिएपछि कुवेतबाट नेपाली चेलीको लास पठाउन श्रमिकले उठाए चन्दा

कुवेत सिटी। कुवेतबाट एक नेपाली चेलीको शब पठाउन यहाँ कार्यरत नेपाली श्रमिकहरुले रकम संकलन गरेका छन्। झापा, धारागोला भ्यूटावर घर भई कुवेतमा ज्यान गुमाएकी मुना राईको शब पठाउन आर्थिक सहयोग संकलन गरिएको हो। उनको शब सोमबार कतारको बाटो हुँदै नेपाल पुगिसकोको छ।

राई कुवेतमा घरेलु कामदारको रुपमा कार्यरत थिइन। उनी भारतको बाटो हुँदै अवैध रुपमा श्रम नगरी कुवेत आएकी थिइन। श्रम नगरेको भन्दै वैदेशिक रोजगार बोर्डले आफ्नो कार्यविधि भित्र नपर्ने बताएको थियो। यसकारण राई शब नेपाल पठाउन गाह्रो परेपछि कुवेतमा कार्यरत नेपालीले नै रकम संकलन गरेका हुन्। राईको २० मेमा ह्दयघातका कारण निधन भएको थियो।

झापाली समाज कुवेतका उपाध्यक्ष राजु धिमाल भन्छन्, ‘मृतक राइको शब पठाउन लाग्ने शुल्क ३ सय ८५ केडी (नेरु करिब १ लाख ४७ हजार) सहयोग संकलन गरी नेपाली राजदूतवासमा बुझाएका छौं।’

मृतक राईको शब नेपाल पुर्याउन राजु धिमाल र तुलसी लिम्बुको पहलमा सर्वाधिक २ सय ७० केडी, एनआरएनए कुवेतको पहलमा ४९ केडी, प्रेमा कुलुङ राईको पहलमा १२।५ केडी, लाक्पा लामाको पहलमा ८।७५ केडी, बिमल कार्कीबाट ५ केडी, बिकासबाट ५ केडी, आशिष लिम्बुबाट ५ केडी, धन बहादुरबाट ५ केडी र तुलसी लिम्बुको पहलमा २५ केडी रहेको छ।