बहराइनले नेपाली कामदारलाई नलिने

बहराइनले नेपाली कामदारलाई नलिने

मान्मा। बहराइनले नेपाली कामदार नलिने भएको छ। बहराइनको श्रम बजारलाई नियमन गर्ने निकाय ‘लेबर मार्केट रेगुलाटरी अथोरिटी’ ले आइतबार नयाँ भिसा ‘वर्क परमिट’ इस्यु नगर्ने घोषणा गरेको हो।

उसले कोरोना संक्रमणको उच्च जोखिम ‘रेड लिस्ट’ मा रहेको देशका कामदारलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

‘रेड लिस्ट’ मा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र भियतनाम रहेका छन्। नेपाललाई २४ मेमा ‘रेड लिस्ट’ मा समावेश गरिएको थियो। भियतनामबाहेक अन्य देशलाई पनि सोही दिन ‘रेड लिस्ट’ मा समावेश गरिएको हो।

भियतनामलाई १ जुनमा ‘रेड लिस्ट’ मा समावेश गरिएको थियो। विभागले केही समयका लागि यो नियम लागु गरेको हो।

 



No ads found for this position