साउदी अरबमा श्रमिकलाई दिउँसो काममा लगाउन निषेध

साउदी अरबमा श्रमिकलाई दिउँसो काममा लगाउन निषेध

रियाद । अत्याधिक गर्मी बढेसँगै साउदी अरबले पनि अन्य खाडीका देशले जस्तै श्रमिकलाई दिउँसोको घाममा काम लगाउन नपाउने घोषणा गरेको छ।

साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले तीन महिनासम्मको लागि श्रमिकलाई दिउँसो घाममा काम लगाउन नपाउने नियम ल्याएको हो।

मन्त्रालयले रोजगारदाता कम्पनीले आफ्ना श्रमिकलाई १५ जुनदेखि १५ सेप्टेम्बरसम्म दिउँसो १२ देखि ३ बजेसम्मको अवधिमा काममा लगाउन निषेध गरेको हो ।

राज्य भित्र रहेका निजी क्षेत्रका श्रमिकको स्वास्थ्य बचाउन, व्यावसायीक चोटपटक तथा रोग न्यूनीकरण गर्न तथा उनीहरूको उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले यो नियम ल्याइएको मन्त्रालयले बताएको छ।

व्यावसायिक स्वास्थ्य र सुरक्षा मापदण्ड अनुसार काम गर्ने सुरक्षित वातावरण प्रदान गर्नको लागि यो एक महत्वपूर्ण कदम भएको मन्त्रालयको दावी छ ।

साउदीमा भण्डै साढे ३ लाख नेपाली कार्यरत छन् । तीमध्ये अधिकाशं श्रमिक निर्माण क्षेत्रमा काम गर्छन् ।



No ads found for this position