सुलभ छैन जापानमा बाँझोपनको उपचार

सुलभ छैन जापानमा बाँझोपनको उपचार

टोकियो । जापानमा बाँझोपनको उपचार सर्वसुलभ नभएको पाइएको छ।

जापानको एक सरकारी सर्वेक्षणअनुसार फ्रान्स, जर्मनी र स्वीडेनमा रहेका उत्तरदाताहरूको तुलनामा जापानमा धेरै मानिसहरुमा बाँझोपनको उपचार कठिन भएको पाइएको छ। जापानमा अक्टोबरदेखि जनवरीसम्म गरिएको सो सर्वेक्षणमा २५ सय जना व्यक्तिलाई प्रश्न सोधिएको थियो।

२० देखि ४९ वर्षका व्यक्तिहरूमा गरिएको उक्त सर्वेक्षणमा ४४.६ प्रतिशतले बाँझोपनको उपचार सजिलो नभएको प्रतिक्रिया दिएका छन्। जुन प्रतिक्रिया दिने फ्रान्समा १२.३ प्रतिशत, जर्मनीमा १६.६ प्रतिशत र स्वीडेनमा १० प्रतिशत मात्र रहेका छन्।

त्यसरी जापानमा बाँझोपनको उपचार कठिन भएको बताउने मध्येबाट सबैभन्दा धेरै ९१.८ प्रतिशतले महँगो उपचार शुल्क कारण भएको बताएका छन्।

युरोपियन देशहरुमा पनि उपचार शुल्क महँगो भएकै कारणले बाँझोपनको उपचार कठिन भएको बताइन्छ। यद्यपी, सो बताउनेको प्रतिशत जर्मनीमा ७६.५ रहेको छ।

यसैसन्दर्भमा जापान सरकारले बाँझोपनको उपचारको लागि उपलब्ध गरिने बजेटमा जनवरीदेखि थप गरेको छ।

त्यस्तै, सरकारले आर्थिक वर्ष २०२२ अप्रिल देखि लागुहुने स्वास्थ्य बीमा अन्तर्गत उपचारलाई कभर गर्ने योजना बनाएको छ।

त्यसैगरी अर्को एक सर्वेक्षणअनुसार १० प्रतिशत जापानी अविवाहित उत्तरदाताहरुले कोभिड–१९ महामारीको सुरुवात भएदेखि विवाहको प्रवल चाहना बढेको बताएका थिए भने ७४.२ प्रतिशतले आफ्नो चाहनामा परिवर्तन नआएको बताएका थिए।

एजेन्सी