दुबईमा ट्याक्सी डाइभरको लागि रोजगारीको अवसर

दुबईमा ट्याक्सी डाइभरको लागि रोजगारीको अवसर

दुबई । दुबईमा ट्याक्सी डाइभरहरूको लागि रोजगारको अवसर खुलेको छ।

दुबईको सडक तथा यातायात प्राधिकरण (आरटिए) ले ‘ट्याक्सी ड्राईभर’को विज्ञापन खुलाएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।

प्राधिकरणले ट्याक्सी ड्राइभर नियुक्ति गर्नको लागि ११ जुन शुक्रबारदेखि अन्तरवार्ता लिँदैछ। पाँच दिनसम्म चल्ने सो अन्तर्वार्ता दुबई ट्याक्सी कर्पोरेशन भवन, अम्मान स्ट्रिट,मुर्हैस्नाहमा १५ जुनसम्म हुनेछ। अन्तर्वार्ताको समय साँझ ४ देखि ८ बजेसम्म तोकिएको छ।

पूर्णकालिन (फुलटाइम) जागिरको लागि आह्वान गरिएको उक्त पदको लागि २ देखि ५ वर्षको अनुभव हुनुपर्ने बताइएको छ।

कार्यक्षेत्र दुबई रहने उक्त जागिरको लागि जुनसुकै लिंगका व्यक्तिले दरखास्त पेश गर्न सक्नेछन्।

इच्छुक उम्मेदवारलाई आफ्नो बायोडाटा [email protected] अथवा +971565151791 व्हाट्सएप नंबर मा पठाउन भनिएको छ।दुबईमा ट्याक्सी डाइभरको लागि रोजगारीको अवसर