जापानमा साइकलबाट लडेकी नेपाली युवतीलाई हेलिकप्टरबाट अस्पताल पुर्याइयो

टोकियो । जापानको टोकियोमा सडक दुर्घटनामा परि एक नेपाली युवती गम्भिर घाइते भएकी छिन् । बिहीबार अपरान्ह आफैले चलाएको साइकलबाट लडेर नेपाली युवती दिलमाया गुरुङ गम्भिर घाइते भएकी हुन् ।
साथिहरुसँग टोकियोको ओशिमा द्विप घुम्न जानेक्रममा गुरुङ साइकलबाट लडेकी हुन् । सडकको उकालाे भाग पार गरेर ओरोलो लाग्दा तीव्रगतिमा हुँकिरहेको साइकल दुघर्टनाग्रस्त भएको हो।
उनी साइकलबाट लडेर सडकमा बजारिन पुगेकी थिइन् । उनको टाउकोमा गम्भिर चोट लागेको छ । त्यस्तै अनुहार हातलगायत शरिरको विभिन्न भागमा समेत चोट लागेको उनीसँगै घुम्न गएका साथीहरुले बताएका छन्।
उनलाई घटना लगत्तै स्थानीय अस्पताल पुर्याइएको थियो । तर, स्थानीय अस्पातलले टाउकोमा गहिरो चोट भन्दै आफैले हेलिकप्टर बोलाएर टोकियो अस्पातल पठाएको थियो।
अहिलेसम्म पनि उनको होश खुलेको छैन् । अर्धचेत अवस्थामा रहेपनि उनी खतरामुक्त रहेको उपचारमा संग्लन चिकित्सकले बताएका छन् । अस्पतालले परिवारको सहमति पत्रपछि गुरुङको अप्रेशन गर्ने जनाएको छ ।