एनआरएनए साइप्रसको अधिवेशन १८ जुलाइमा

एनआरएनए साइप्रसको अधिवेशन १८ जुलाइमा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) साइप्रसको अधिवशेन आउँदो १८ जुलाइमा हुने भएको छ।

संघका उपाध्यक्ष अन्तेश रावतको अध्यक्षतामा बसेको बैठकले अधिवेशनको मिति तय गरेको महासचिव कृपा थापाले प्रवास खबरलाई जानकारी दिए।

अन्तराष्ट्रिय समन्वय परिषदर्ले जुलाइ महिनाभित्र अधिवेशन गरिसक्नुपर्ने निर्देशन दिएपछि मिति तय गरिएको उनको भनाइ छ।

आइसीसीले तोकेको मापदण्ड अनुसार एमआइएस सिस्टमबाट पंजीकृत सदस्यताको आह्वान गरिएको उनले बताए ।

पञ्जीकृत सदस्यताको लागि २७ जुनसम्म आवेदन दिन सकिनेछ । सदस्यको अन्तिम नामावली ३० जुनसम्म प्रकाशन गरिनेछ।

त्यस्तै कार्यसमितिका पदाधिकारी चयनका लागि २ जुलाइदेखि १० जुलाइसम्म उम्मेदवारी आवेदन दर्ता खुल्ला गरिनेछ । उम्मेदवारी उपर दाबी बिरोध गर्न १५ जुलाइसम्म पाइनेछ।

अधिवेशन साइप्रसको निकोसियामा हुनेछ।