तेलको मूल्य १०० डलर प्रति ब्यारेलभन्दा माथि जाने संकेत

तेलको मूल्य १०० डलर प्रति ब्यारेलभन्दा माथि जाने संकेत

दुबई । विश्वव्यापी रूपमा तेल (ग्यासोलिन) को मूल्य बुधबार उकालो लागेको छ।

व्यापारी तथा विश्लेषकहरुले २०१४ यता नै पहिलो पटक यस वर्ष प्रति ब्यारेल १०० डलरभन्दा माथि उठ्ने प्रछेपण गरेका छन्।

ब्रेन्टले लगातार तेस्रो दिन ७० डलर भन्दाको अंकले कारोबार गरेको छ, जुन २ वर्ष यताकै उच्च बिन्दुमा पुगेको छ। अमेरिकी स्ट्यान्डर्ड वेस्ट् टेक्सास इन्टरनेशनल समेत त्यो बिन्दुमा पुगेको छ, जुन एक वर्ष पहिले सम्ममा ऋणात्मक दिशातर्फ थियो।

व्यवसायीहरुले वर्षको अन्त्यसम्ममा तेलको मूल्य प्रति ब्यारेल १ सय डलरमा जान सक्ने अपेक्षा गरेसँगै न्यूयोर्क तथा अन्य ट्रेडिङ हबले अपेक्षित मूल्यमा ठूलो राशि बराबरको खरिद गर्ने सम्झौता गरेका छन्।

विशाल अमेरिकी बैँक जे पी मोर्गनका विश्लेषक क्रिश्चियन मालेकले समेत वर्षको अन्त्यसम्ममा तेलको मूल्य १ सय डलर पुग्न सक्ने सम्भावना रहेको संकेत गरेका थिए। ंतेलको माग अत्यन्तै बढ्दै गएमा २०२१ मा तेलको मूल्य १ सय डलर पुग्ने आधार तयार हुने जुन कोभिड महामारीको चौथो लहर नआउँदासम्म अवश्य सम्भव हुने देखिन्छ,’ उनले भनेका छन्, ‘साउदी अरब , दुवई र इराकमा अतिरिक्त क्षमता हुनसक्छ तर अन्य धेरै देशहरुसँग उनले सोचेजस्तो क्षमता छैन।’

‘ुअतिरिक्त क्षमतामा लगानी गर्न जरुरी छ अन्यथा हामी भविष्यको मागलाई पूरा गर्न सक्ने छैनौं‌। अचानक मागमा वृद्धि भएसँगै आपूर्तिलाई पनि बढाउन सक्नु पर्नेछ, जुन कुरा अचम्म लाग्दो छ,’मालेकले अगाडी भनेका छन्।

त्यस्तै, विश्लेषकहरुले अव तेलको मूल्य तल ओर्लने खतरा नरहेको समेत बताएका छन्।

धेरैजसो तेल विज्ञहरुले लगानीमा हुने ठूलो कटौतीबाट आपूर्तिमा हुने जोखिमको बारेमा चेतावनी दिएका छन्। महामारीपछि मूल्यमा आएको अस्थिरतासँगै अमेरिका र युरोपमा हाइड्रोकार्बन प्रतिको आकर्षण बढेसँगै त्यो जोखिम बढेको उनीहरुले बताएका छन्।